बौद्ध दर्शन केन्द्रद्धारा सहयोगी दातालाई सम्मान

.

भक्तपुर । बौद्ध दर्शन केन्द्रले आफ्नो प्रशिक्षण केन्द्र(ट्रष्ट भवन) निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ । भक्तपुुर, पाण्डुुबजारबाट भित्र पर्ने ढलान पाटीमा निर्माण गरिएको प्रशिक्षण केन्द्रमा आज सम्मान गरिएको हो ।

विभिन्न ढंगले सहयोग गर्ने दाताहरुलाई खेम्पो फुुर्बा तामाङले सम्मानपत्रद्धारा सम्मान गरिएको हो । साथै उहाँले धार्मिक प्रवचन समेत दिनु भएको थियो । यस्तै, कार्यक्रममा सहभागीलाई निःशुल्क मोलम सम्बन्धी पुस्तक वितरण गरिएको थियो ।

बौद्ध दर्शन केन्द्रका सचिव ग्याम्जो लामाले अहिले केन्द्रमा दैनिक चार वटा कक्षा सञ्चालन भइरहेको बताए । पछिल्लो समय कारोना बढ्न थालेपछि दुुई हप्ता कक्षा सञ्चालन स्थगीत गर्ने लामाको भनाई थियो ।

भक्तपुुरको सुुर्यविनायकलाई लामा शिक्षा र बौद्ध दर्शन अध्ययनका लागि मुख्य केन्द्र विन्दुु बनाउने उदेश्यका साथ एक वर्षअघि ट्रस्ट निर्माण गरिएको लामाले जानकारी दिए ।

उनका अनुुसार शनिबार विशेषगरी बालबालिकाहरुका लागि, अन्य समय प्रोढ आमाहरुका लागि कक्षा भइरहेको छ । प्रक्षिण तथा अध्यापनका लागि दुुईजना लोपेन रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार