
चरिकोट । नेकपा एमाले दोलखाको उप सचिवमा केशव चौलागाइले उम्मेदावरी दावी गरेका छन् । जिल्ला कमिटि सदस्य रहेका चौलागाइले उप सचिवमा उम्मेदवारी दावी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
नेकपा एमाले दोलखामा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको समय आएको भन्दै उनले उप सचिवको उम्मेदवारीबाट पछि नहटने बताएका छन् ।
‘यति लामो समय जिल्ला कमिटि सदस्य भइसकियो । फेरी पनि जिल्ला कमिटिमात्रै हुने हो भने नेतृत्वको विकास कसरी हुन्छ,’ उनले भने,‘यसकारण मेरो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता हुदैन । निर्वाचनको मैदानबाट आएको निर्णय स्वीकार्य छ।’