
चरिकोट । राजेन्द्र मानन्धरले नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले जिल्ला कमिटि सदस्य मानन्धरले दोलखाको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । जिल्ला अधिवेशन पुस २३ र २४ गते चरिकोटमा हुँदै छ ।
मानन्धरले ०४७ सालबाट राजैनीतिक यात्रा तय गरेका हुन । गौरीशंकर बहुमुखी क्याम्पस अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै अनेरास्ववियुको जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्यसम्मको जिम्मेवारी वहन गरिसकेका छन् ।
नेकपा एमाले चरिकोट गाउँ कमिटीको सचिव हुन । २०५३ सालमा भीमेश्वर नगरपालिका स्थापना भएपछि नेकपा एमाले भीमेश्वर नगर कमिटी तदर्थ समितिको संयोजक भएका थिए । प्रथम अधिवेशनबाट उनले प्रमुखको जिम्मेवारी सम्हालेँका थिए । साथै,मानन्धरले नेकपा एमालेमा गरेका योग्दान र कुन समयमा के कस्ता जिम्मवारीसहितको भूमिका निर्वाह गरेँ । भन्ने विषयलाई यहाँ उल्लेख गरिएको छ :
१.नेकपा एमालेको छैठौ राष्ट्रिय महाधिवेशनमा दोलखा जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचचित भएका तीन जना प्रतिनिधिमध्ये सम्मानजनक मत ल्याएर प्रतिनिधिमा छनौट भएको थियो ।
२.नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हालेँका थिए । नेकपा माले र नेकपा एमाले एकिकरण भएदेखि यता नेकपा एमालेको जिल्ला कमिटी सल्लाहाकार सदस्य निरन्तर हुँदै जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए ।
३.नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन केन्द्रीय प्रचार समिति सदस्य हुँदै कार्य सम्पादन ।
४.नेपाल पत्रकार महासंघ दोलखा शाखाको दुई कार्यकाल अध्यक्ष ।
५.पत्रकारिता विषयमा मास्टर डिग्रीमा कलेज टपर भै सम्मान प्राप्त ।
६.मन्त्री पार्वत गुरुङको सिफरिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ नियुत्त ।
७.दुई दशकसम्म नेपालको ठूलो मिडिया कान्तिपुर दैनिकको सव एडिटर पदमा कार्यरत ।
८.जिल्लाको सबैभन्द जेठो र ठूलो सामुदायिक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पसको दोस्रो कार्यकाल अध्यक्ष ।