एमाले दोलखा नेतृत्वका लागि चारजनाको दावी

.

चरिकोट । नेकपा एमाले दोलखाको नेतृत्वका लागि चारजना आकाक्षी देखिएका छन् । यही पुस २३ र २४ गते हुने एमाले दोलखाको १० औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

जिल्ला अधिवेशन नजिकिदै गर्दा कस्ले नेतृत्व लिने र तुलनात्मक रुपमा को सक्षम भन्ने विषयमा बहस सुरु भएको छ । साथै एमाले प्रतिको योग्दान र व्यक्तित्वको विषयमा समेत चर्चा हुन थालेको छ ।

यस्तै दोलखाका अन्य राजनीतिक दलले पनि एमालेको नेतृत्व कस्तो बन्दै छ भन्ने विषयलाई चासोका साथ हेरिरहेका छन । यसकारण दोलखा एमालेको साखलाई बचाउँदै बलियो ढंगले जिल्लामा प्रस्तुत हुन सक्ने नेतृत्व दोलखा एमालेले खोजिरहेको छ ।

दोलखा एमाले नेतृत्वका लागि वर्तमान कार्य समितिका उपाध्यक्ष तथा मेलुङ गाउँपालिकाका अध्यक्ष नर श्रेष्ठ, पाटी सचिव तथा शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल, उप–सचिव तथा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, एमाले बागमती प्रदेशका सदस्य तथा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीको चर्चा छ ।

यस पटकको १०औं जिल्ला अधिवेशन सर्वसम्मत भन्दा पनि निर्वाचन हुनु पर्ने कित्तामा केही नेतृत्व उभिएका छन् भने केही एमाले नेताले सर्वसम्मत बनाउनु पर्ने धारणा राखेका छन् । यद्यपी,नेकपा एमाले दोलखाले १० औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दावी गरेको छ ।

अहिले चारै जना आकाक्षी जिल्ला नेतृत्वका लागि बलियो ढंगलेअघि बढेका छन् । अध्यक्ष आकाक्षीहरुको चरिकोटमा मात्रै होइन छिमेकी जिल्लाहरुमा समेत चर्चा हुन थालेको छ । एमालेले दोलखा जिल्लाई आफ्नो किल्लाको रुपमा स्थापित गर्दै आएको छ । यसकारण एमाले केन्द्रीय तहमा दोलखालाई एमालेकै किल्लाको रुपमा हेरिने हुँदा १० औं जिल्ला अधिवेशन विशेषसँगै नयाँ नेतृत्वको विषयमा खुलेर बहस छलफल हुन स्वभाविक मानिन्छ ।

अध्यक्ष दावी गरेका चारै जनाको राजनीतिक यात्रा, दोलखा एमालेप्रतिको योग्दान, सक्रियता, आरोह अवरोहसँगै एमाले दोलखाको अध्यक्षमा तपाईको उम्मेदवारी किन ? भनेर भीडियो कुराकानी गरेकाछौं । (भीडियोसहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार