
चरिकोट । नेकपा एमालेका नेता होम पाठकले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले दोलखाको १०औं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते चरिकोटमा हुँदै छ ।
उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । सामाजिक तथा राजनीतिक क्षेत्रमा छुटै पहिचान बनाउन सफल पाठकले यस पटक जिल्ला सचिवमा उम्मेदवारी घाषणा गरेका हुन् ।
उनले दोलखाको एमाले पाटीलाई थप संगठित, सशक्त बनाउँदै नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता गरेका छन् । एमाले पाटीका नेता तथा कार्यकर्तालाई हरेक क्षेत्रमा अब्बल बनाउने योजना सहित सचिवमा उम्मेदवारी घोषणा गरिएको बताए ।
पाटीलाई जिल्लाकै सक्षम र नेतृत्वदायी भूमिका निर्वाह गर्ने पाटीको विकास, विस्तार र जनताको समृद्धिका लागि सचिवको सक्षम उम्मेदवार रहेको जानकारी दिए ।
विद्यार्थी राजनीतिबाट सक्रिय भूमिका निवार्ह गर्दै जिल्ला कमिटिमा रहेका पाठक एमाले दोलखाको अग्रभागका नेतृत्वको रुपमा परिचित छन् ।