
चरिकोट । भीमेश्वर नगरपालिकाको उप–मेयर कमला बस्नेतले एमाले दोलखाको उप सचिवमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
एमाले दोलखाको उप सचिवमा धेरै आकाक्षी देखिए पनि महिला तर्फबाट बस्नेतले मात्रै उम्मेदवारी घोषणा गरेकी हुन् ।
नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशन यही पुस २३ र २४ गते चरिकोटमा हुँदै छ ।
जिल्ला अधिवेशनको लागि वडा वडाबाट प्रतिनिध छनौट टुंगि सकेको छ । महिला नेतृत्वलाई स्थापित गराउनका लागि पाटिको जिल्ला उप सचिवमा उम्मेदवारी घोषणा गरिएको बस्नेतले बताइन ।
‘एमाले पाटी जनताको पाटी हो । महिला नेतृत्वको विकासमा एमाले अग्रभागमा छ,’ उनले भनिन्,‘यसकार मेरो क्षमतालाई पाटीले उचित व्यवस्थापन गर्छ भन्ने विश्वासका साथ उप सचिवमा उम्मेदवारी दिएको छु ।’