चरिकोटमा नेकपा एमाले दोलखाको १० औं जिल्ला अधिवेशनको माहोल छ । अधिवेशन चयन गरेका नयाँ नेतृत्वले एमाले दोलखाको अबको यात्रा कस्तो हुन्छ भन्ने बाटोलाई समेत निर्धारण गर्छ । यसकारण अहिले दोलखामा सक्षम र सबल नेतृत्व छान्ने योजनामा सबै नेता कार्यकता लागेका छन् । यसैबीच विभिन्न जिल्लाका नेताहरुले सामाजिक सञ्जालमार्फत विभिन्न पदमा पदाधिकारी घोषणा गरेका छन् ।
सामाजिक अभियान्त तथा राजनीति क्षेत्रमा लामो समयदेखि क्रियाशिल धर्मेन्द्र मोक्तानले जिल्लाको उप सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्नो विगत, योग्दान, संर्घषको साथै आगामी योजनासहित उम्मेदवारी घोषणा गर्दै लेखेका छनः
…………………………
नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशनको तयारी तिब्ररुपमा हुँदै गर्दा यही पुस १७ गते दोलखाको ७४ वटै वडाहरु , दोलखा –काठमाडौं सम्पर्क मन्च , जनबर्गिय संगठनहरु र जिफन्ट बाट प्रतिनिधि छनौट हुनुभएका सम्पूर्ण कमरेडहरु लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
तपाई हामी सबै मिलेर गतिशिल, शसक्त ,प्रभाबकारी , बैचारिक, सैद्धान्तिक , जनप्रीय , लोकप्रिय , नयाँ सोच र दृस्ठिकोण सहितको पार्टी निर्माण को महान कार्यदिशा लाई अगाडि बढाउन र पार्टी लाई थप उचाई मा लान को लागि तपाईं हामी सबै को एकता प्रयास ले मात्रा सम्भब छ त्यसैले अहिले को आबश्यक्त लाई बुझेर सबै क्षेत्र, समुदाय, भेग, भुगोल, महिला र युवा लाई समेटेर नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिबेशन लाई भब्यताका साथ सम्पन्न गर्नु तपाईं हाम्रो मुख्य कार्यभार हो भन्ने लाग्द छ ।
सोही अनुरुपको नेतृत्व जिल्लामा निर्माण गर्न आबश्यक हुन्छ त्यसो भएको हुनाले मेरो ३६ बर्षको लामै राजनितिक जीवन मा मैले २०४२ साल देखि कम्युनिस्ट को नेता जितबिर लामा र घ्याङ्सुकाठोकर को अहिले एमाले कै नेता मक्कर लामा दाइ हाम्रो घरमा आएर एकरात बस्नु भयो र जनपक्षीय उम्मेदवार जितबिर लामा र मक्कर लामा दाइको कुरा सुने पछि म सानै थिय तर म वहाहरुको कुरा बाट एकदमै प्रभावित भय र २०४६ मा अनेरास्ववियु मेलुङ प्रारम्भिक कमिटीमा रहेर काम गरेको छु ।
२०५२ गौरीशंकर क्याम्पसको अनेरास्ववियुको अध्यक्ष हुदै २०५३ अनेरास्ववियु जिल्ला कमिटीको सहसचिवको भूमिका निर्वाह गरेको छु ।
२०५४ देखी २०५७ इलाका सदस्य र २०५८ देखिमा इलाका सचिब भएर काम गरेको अनुभव छ ।
२०६१ बाट जिल्ला कमिटी सदस्य । २०६७ मा पार्टी इलाका इन्चार्ज हुदै २०७० मा भएको आठौं जिल्ला अधिबेशन मा मैले उपसचिव को उम्मेदवारी दिएको थिए ।
तर सर्बसम्म हुदा मैले त्याग गरे र म सचिबालय सदस्य र प्रचार विभाग प्रमुख भएर त्यो भूमिका निर्वाह गर्दै आइरहेको छु । नेकपा माओवादीले मलाइ एमाले पार्टी छोडनु पर्ने दबाद दिएको थियो । जबकी मेरो ज्यान लिने कुरा थियो ।
मलाई मार्ने पत्र आएपछि दुई माहिना काठमाडौंमा भागेर बसेको दिन सम्झदा हजारौं पटकको पटके एक दिने अपहरण धम्की डिस्कस सम्झि रहन्छु । यसैले मैले पार्टी मा गरेको योग्दान त्याग र समर्पण पार्टीको लागि गरेकै छु । त्यसैले मैले यो जिल्ला अधिबेशन मा उपसचिब पद मा उम्मेदवारी दिने निर्णय गरेको छु ।
धेरै साथी भाइहरुले तपाई के मा उठ्नु हुन्छ किन नबोलेको भनेर जिज्ञासा राख्नु भएको र मैले भने को थिय एमाले विशाल इट्टाको भन्डारण उद्योग हो ।
कुन इट्टा कुन ठाँउ मा सेट गर्दा वा कसरी राख्दा घर बलियो हुन्छ त्यो कुरा कर्मी लाई थाहा हुन्छ भने झै अहिले तपाईं प्रतिनिधि एबम पार्टी नेतृत्व कमरेडहरु लाई यो कुरा प्रस्टै छ । तसर्थ सहि समय ,सहि निर्णय र सहि स्थान को छ्नौट गर्नु पर्दछ भनेझै मैले यो उपसचिव को पद्को लागि उम्मेदवारी दिएको छु र यहाँ हरु सबै ले सहयोग गर्नुहुने छ भन्ने पूर्ण आस एबम बिश्वास लिएगको छु ।
राजनीति भित्र देखिएको बिकृती बिसङगति लाई अन्त्य गर्दै पार्टी भित्र भावनात्मक एकता को सुदृढ गर्दै नेता कार्यकार्तहरु को ब्यबस्थापन, र मूल्याकंन को परिपाटि लाई ब्यबस्थित गर्न र पार्टी भित्र देखा पर्ने बेला बेला को अन्तर्बिरोध लाई बेलै मा हल गर्दै जनप्रतिनिधि हरुलाई पार्टी को निति र कार्यक्रम अनुरुप परिचालन, समन्वय सहकार्य ,स्वरोजगार र आत्मनिर्भर कार्यकर्ता निर्माण गर्नु आजको आवश्यकता हो ।
व्यबसायिक कार्यकर्ता को अभियान को थालनी र समृद्ध दोलखा र सुखी दोलखाली बनाउन र आजको आबश्यक्त बैचारिक र सैद्धान्तिक पार्टी निर्माण सहितको विशाल पार्टी निर्माण मा योगदान गर्न र अहिले बिपक्षी दलहरु सङ हरेक हिसाब ले प्रतिस्पर्धा गर्न र आउदै गरेको ३ वटै निर्वाचन लाई एमाले को पक्षमा ल्याउन पार्टी लाई परिचालन ,ब्यबस्थापन र बिगतको बिरासत लाई कायम राख्दै सबै नेता, जनता र कार्यकर्ताहरु संग सुमधुर समन्धलाइ सुढृद गर्दै नयाँ सोच र ढृस्टिकोणको आधार मा पार्टी लाई हाक्न लाई योगदान गर्न सक्ने रास्ट्रीय तथा अन्तररास्ट्रीय अनुभव लाई उपयोग मा ल्याइ पार्टी लाई शसक्त बनाउन सबै प्रतिनिधि कमरेड हरु लाई सहयोग को लागि हार्दिक अनुरोध गर्दछु ।