एमाले दोलखाको सचिवमा हिरा थोकरको उम्मदवारी

.

चरिकोट । नेकपा एमाले दोलखाको सचिवमा हिरा थोकरले उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले दोलखाको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।

नयाँ नेतृत्वका लागि नेताहरुले विभिन्न पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै जिल्ला कमिटिका सदस्य रहेका हिरा थोकरले सचिवका लागि उम्मेदवारी दिएका हुन् ।

मेलुङ गाउँपालिका प्रवक्ता तथा वडा ३ का वडा अध्यक्ष समेत रहेका थोकरले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने समय आएको भन्दै उनले सचिवमा उम्मेदवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार