नेकपा एमाले दोलखाको अध्यक्षमा भरत केसीको उम्मेदवारी(भिडियो संवाद)

.

चरिकोट । नेकपा एमाले दोलखाको नेतृत्वका लागि भरत केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य तथा भीमेश्वर नगरपालिकाको मेयर समेत रहेको केसीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन,‘सुदृढ संगठन सहितको एमाले र दोलखाको समृद्धिको लागी दशौ जिल्ला अधिवेशनमा मेरो उम्मेदवारी । मतदानका लागि सम्पुर्ण प्रतिनिधि कमरेडहरूमा अनुरोध गर्दछु।’

यस्तै, सुदृढ संगठन एमालेको सान । समृद्ध दोलखा हाम्रो अभियान ।। नारालाई साकार बनाउन नेकपा एमाले दोलखाको दशौ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको छु ।’ उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत नै सम्पुर्ण अधिवेशन प्रतिनिधि ज्यूहरूमा अमुल्य मतका लागि अपिल समेत गरेका छन् ।

यही पुस २३ र २४ गते नेकपा एमाले दोलखाको १०औं अधिवेशनले हुँदै छ । उक्त अधिवेशनले एमाले दोलखाको नयाँ नेतृत्व चयन गर्ने छ ।

…………………………

चरिकोटमा जन्मिएका केसी ७ कक्षादेखि राजनीतिमा लागेका थिए ।

२०३८ सालदेखि उनको राजनीतिक यात्रा तय भएको हो ।

२०३८ सालमा एसएलसी पास भएपछि ल क्याम्पसमा अध्ययन गर्दा अनेरास्ववीयुमा आवद्ध भएका थिए ।

२०४५ मा चरिकोट फर्किएका उनी मालेमा क्रियाशिल थिए ।

उनी २०४६ मा पाटीको संगठित सदस्य भएका थिए ।

२०४८ को निर्वाचनमा उनले साँस्कृतिक टोलीको संयोजक भएर जिल्लाभरको कार्यक्रममा पुगेका थिए ।

२०४९ मा चरिकोट गाउँ विकास समितिको प्रत्यासी भएका थिए ।

एमालेको दोस्रो महाधिवेशनबाट जिल्ला कमिटिमा रहेका थिए ।

उनी अहिले नेपाल नगरपालिका संघको केन्द्रीय सदस्य, बागमती प्रदेशको प्रमुख रहेका छन् ।

२०७४ सालमा भीमेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार