फूलपा प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

.

चरिकोट । फूलपा प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेप्लिज फेशन होम्सकी अध्यक्ष हेमा मानन्धरको नेतृत्वमा आइतबार शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो ।

नेप्लिज फेशन होम्सकी अध्यक्ष हेमाले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गरिरहेको बताइन । ‘ग्रामिण तथा दुर्गम क्षेत्रको बालबालिकाको शैक्षिक विकास र सुधारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छु’ हेमाले भनिन्‘यो पटक हाम्रो टिम दोलखाको फूलहहमपा आइपुगेको छ । यहाँको बालबालिकासँग भेटेर शैक्षिक सामग्रीसहित स्वीटर र एक सेट ड्रेस दिएका छौं ।’

आगामि दिनहरुमा पनि विद्यालयसँग सहकार्य गर्ने बताइन । विशेषगरी छोरीलाई शैक्षिक क्षेत्रमा जोड दिनु पर्ने हेमाको भनाई थियो ।
यस्तै, फूलपा आइपुगेकी मिस नेवा सुनिता डङगोलले बालबालिकाको शिक्षा नै भोलिको भविष्य हुने भएकाले शैक्षिक क्षेत्रमा जोड दिनु पर्ने बताईन । उनले बालबालिकासँग साक्षत्कार गर्दै नेपाल टेलिभिजनमा आउने बालबालिसँगको कार्यक्रमको अनुभव सुनाएकी थिइन ।

६३ जना बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोशाक, स्वीटर वितरण गरिएको थियो । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका पुर्व विज्ञ तथा गौरीशकर क्याम्पसका अध्यक्ष राजेन्द्र मानन्धरले सोक्ला डिलढुंगा, फुलपा न्यागल क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा जोड दिएका थिए ।

‘फूलपाको शैक्षिक विकासका लागि सदैव तयार छु । यहाँको वस्तुस्थिति, भूगोल, सामाजिक विकासको जानकारी छ,’ उनले भने,‘यहाँको भौतिक विकास, पर्यटन वातावरण र आगामी योजनाको विषयमा पनि जानकारी छ । यसकारण यो क्षेत्रसँग मेरो छुटै सम्बन्ध छ ।’
यस्तै भीनपा २ का वडा सदस्य निर बहादुर तामाङले सहयोगी हातहरु प्रति धन्यवाद दिदै यहाँको विद्यार्थीमा उत्प्रेरणा मिलेको बताए ।

‘जाडोको समयमा न्यानो माया सहितको शैक्षिक सामाग्री पाउँनु विद्यार्थीको लागि खुसीको विषय हो,’ वडा सदस्य तामाङले भने,‘ दोलखामुनिको शैक्षिक विकास र सुधारको लागि यस्तै हातामालो अभियानले प्रमुख भूमिका खेल्ने छ । यसकारण सहयोगी प्रति धन्यवाद छ ।’

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला नापी कार्यालयका प्रमुख अशोक कुमार श्रेष्ठले शिक्षा नै बालबालिकाको भविष्य भएको बताए । गुणस्तरिय शिक्षाका लागि गुणस्तरिय अध्ययन केन्द्र, शैक्षिक सामाग्री, विषयगत शिक्षक हुनु पर्ने बताए । साथै बालबालिकाको लागि शैक्षिक सामाग्री पाउँदा छुटै उर्जा मिल्ने उनको भनाई थियो ।

कार्यक्रममा पुर्व विद्यार्थी तथा छिम्केश्वरी लायन्स क्लवका अध्यक्ष पेमा लामाले विद्यार्थीलाई अध्ययनशिल हुन आग्रह गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल रिजनका अध्यक्ष लायन इन्द्र बज्रचार्य, मिस नेवा कृष्णा महर्जन, मिस नेवा उप विजेता प्रिया तण्डुकार, मिस लिटिल नेवा आर्य श्रेष्ठ,मिस लिटिल नेवा सोसियल एम्बास्डर चिफ दिमी श्रेष्ठको टिम फूलपा पुगेका थिए ।

यस्तै, आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका अध्यक्ष अर्जुन पाख्रिन, नेपाल पत्रकार महासंघ दोलखका सदस्य तारा महत, प्रेस चौतारी बागमती प्रदेशका सदस्य महेन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यद्धय, बन्द्री दाहाल र रंगेली थामीको समेत सहभागीता रहेको थियो ।

विद्यायका प्रअ हरि श्रेष्ठले सहयोग हातहरु र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार