
याम्बु । तामाङ पत्रकार संघको केन्द्रीय अध्यक्षमा दोलखाको सुवास योञ्जन निर्वाचित भएका छन् ।
संघको छैटौं महाधिवेशनले क्यापिटल नेपालका पत्रकार योञ्जनलाई अध्यक्षमा सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
साथै संघको वरिष्ठ उपाध्यक्षमा बुद्ध योन्जनलाई चयन गरिएको छ । उपाध्यक्षद्धयमा नेत्र मोक्तान र विश्वराज पाख्रिन तामाङ, महिला उपाध्यक्षमा अञ्जु डिम्दोङ रहेका छन् । महासचिव तिर्थमान बल,सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन्।
सदस्यहरुमा युनिकरक्षे ग्लान, इकमान लामा, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, साङ बहादुर लो (राजु), मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र बम्जन तामाङ, कृतिका ग्लान, मिङ्मा लामालगायत चयन भएका हुन्।
महाधिवेशन सूचना सञ्चारर तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उद्घाटन गरेका थिए। तामाङ पत्रकार संघमा २२ जिल्लामा शाखा, दक्षिण कोरियामा प्रवास शाखा तथा बागमती र प्रदेश १ मा प्रदेश समिति रहेको छ। हाल देशभर गरी करिव ३५० भन्दा बढी तामाङ पत्रकार रहेका संघले जनाएको छ।