फोनिज दोलखामा नयाँ नेतृत्व: अध्यक्षमा अर्जुन पाख्रिन, सचिवमा धनराज, कोषाध्यक्षमा लाक्पा शेर्पा

.

  • सिर्जना पाख्रिन

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)दोलखाको अध्यक्षमा अर्जुन पाख्रिन निर्वाचित भएको छ । चरिकोटमा भएको चौथो जिल्ला अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

पाख्रिन नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन गरिएको छ । फोनिज दोलखाको उपाध्यक्षमा राजन थामी, सचिव धनराज तामाङ, सहसचिव गोविन्द थामी, कोषाध्यक्ष लाक्पा शेर्पा, सदस्यहरु चन्डिका थामी, सुजिता घिसिङ, मुना गुरुङ, सुजन थामी रहेका छन् ।

कार्यक्रममा पुर्व सञ्चारमन्त्री एवंम् संघीय सांसद पार्वत गुरुङ, भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसी, प्रेस काउन्शील नेपालका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका पुर्व अध्यक्ष एवंम् कालिञ्चोक एफ एमका स्टेशन म्यानेजर जीवन लामा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका बागमती प्रदेश ईञ्र्चाज समिर बलामी, प्रेस सेन्टर नेपाल दोलखाका अध्यक्ष शिव कुमार भुजेल, प्रेस चौतारी नेपाल दोलखाका सहसंयोजक तारा बहादुर महत, भीमेश्वर एफएमका स्टेशन म्यानेजर गोकर्ण प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चरिकोटमा छ करोड ९० लाखमा विश्व शान्ति बुद्ध पार्क निर्माण हुँदै । – YouTube

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार