
याम्बु । नेपाली कांग्रेसका प्रभावशाली नेता दिलमान पाख्रिनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पूर्व कानून राज्यमन्त्री पाख्रिनले आदिवासी जनजाति पुरुष तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
दर्तापछि उनले पत्रकारलाई आफूले उक्त पदका लागि उम्मेदवारी दर्ता गराएको बताए ।
कांग्रेसभित्र आदिवासी जनजातिको साझा सवाललाई राष्ट्रिय रुपमा स्थापित गराउँदै केन्द्रीय राजनीतिमा जनजातिको नेतृत्व सक्षम बनाउनका लागि उनले उम्मेदवारी दिएको बताएका छन् ।