शान्त कुमारी तामाङले गरिन ‘केन्द्रीय सदस्यमा मनोनयद दर्ता’

.

याम्बु । धादिङ जिल्लाबाट नेपाली कांग्रेसको महाधिवेशन समिति सदस्य शान्त कुमारी तामाङले केन्द्रीय सदस्यमा (आदिवासी जनजाति महिला तर्फ) मनोनयन दर्ता गरेकी छिन् ।

उनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेसँगै कांग्रेसमा महिला नेतृत्वको विकासलाई प्राथमिकता दिनु पर्ने बताएकी छिन । आदिवासी जनजाति महिलालाई नेतृत्व विकासका लागि काग्रेसको महाधिवेशनले न्यायपूर्ण भूमिका खेल्ने उनको दावी छ ।

यसअघि पनि उनी नेपाली कांग्रेसको महाधिवेसन समिति सदस्य भएका थिए । यस पटक भने केन्द्रीय समितिमा नेतृत्व लिनका लागि आफूले उम्मेदवारी दर्ता गरेको बताइन ।

सामाजिक सेवामा क्रियाशिल तामाङ कला संगीत क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनले मनोनयन दर्ता पछि सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया लेखेकि छन् ।

देशको मुख्य राजधानी काठमाडौंमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल तातिरहेको छ । मैले पनि कांग्रेसको केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला तर्पm, क्रंम संख्या ३२० का लागि उम्मेदवारी मनोनयन दर्ता गरेको छु । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छु । साथै राष्ट्रिय महाधिवेदनको दुई पटक महासमिति सदस्य समेत भइसकेकोले यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।
महाधिवेशको मुख्य घडिमा आइसकेका छ । यसकारण देशभरिबाट सहभागी भएका महाधिवेशन समितिका प्रतिनिधि ज्यूहरुले मलाई विश्वासका साथ मत दिएर विजय गराउनु हुनेछ भन्ने विश्वास छ । आशा छ नेपाली कांग्रेसको रुपान्तरण र पुस्तान्तरणका लागि तपाईको अमूल्य मतले नेपाली कांग्रेसमा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले पार्टिले युवा पुस्तालाई पाटिको नीति नियमा रहेर सहि मूल्याङकन सहित अनुमोदनका लागि अनुरोध गर्दछु ।
मोबाइल नम्बर ः ९८५१०७९७९७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार