३८ लाखमा सेलो संगीत महोत्सव, विभिन्न विषयमा कार्यपत्र सहितको प्रस्तुती

.

याम्बु ।  सेलो संगीत महोत्सव २०७८ को भव्य तयारी भएको छ । ह्यात होटलको ग्राउण्ड, चुच्चेपाटिमा मंसिर २४ र २५ गते हुने महोत्सवमा लोकप्रिय कलाकारहरुको प्रस्तुती हेर्न सकिने छ ।

सेलो सम्राट चन्द्रकुमार मोक्तान, वरिष्ठ तामाङ गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ कलाकार जयनन्द लामा, रोज मोक्तान, प्रेम लोप्चन, इन्दिरा गोले, जमुना मोत्तान, सञ्जिव वाइवा लगायत कलाकारको आकर्षक प्रस्तुती हेर्न सकिने छ ।

नेपाल तामाङ कलाकार संघले दोस्रो पटक आयोजना गरिएको तामाङ मौलिक सेलो महोत्सवमा ३८ लाख खर्च हुने अनुमान गरिएको छ ।

संघका कोषाध्यक्ष खेम मोक्तानका अनुसार दुई दिन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुतिसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने छ । सो कार्यपत्रमाथि व्यापक छलफलको तयारी समेत गरिएको आयोजक पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार