तामाङ पत्रकार संघ बागमती प्रदेशको कोषाध्यक्षमा दिलबहादुर लामा मनोनित

.

तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको कोषाध्यक्षमा दिलबहादुर लामा मनोनित भएका छन् । मंगलबार साझा भर्च्युयल माध्यम मार्फत भएको पहिलो बिस्तारित बैठक मार्फत मकवानपुरका लामालाई कोषाध्यक्षमा मनोनित गरिएको हो ।

निकास साप्ताहिकबाट सम्बाददाताको रुपमा संचार क्षेत्रमा प्रबेश गरेका लामा, काठमाण्डौबाट प्रकाशित तामाङ मासिक पत्रिका छार गोङमा, स्याल्गारमा जिल्ला सम्बाददाता थिए ।

त्यस्तै, रेडियो निकास एफएममा काम गर्दा गर्दै उनि अनलाईन न्युज पोर्टल तर्फ बिस २०७३ मा लागे । ग्रेटर तामसालिङ मिडिया प्रालिको संचालक भई उनले शुरुमा अनलाईन रेडियो ल्याएका थिए। जहा समाचार प्रकाशन सहित तामाङ भाषाको गीतहरु बज्ने गरेको थियो । बिस २०७५ सालमा अनलाईन रेडियो बन्द भएपछी उनले २०७६ मा समाचारको संगालोको रुपमा ताम्सालिङ खबर डटकम संचालनमा ल्याएका थिए । जहा उनि अध्यक्ष एबम कार्यकारी सम्पादकको रुपमा काम गर्दै आएका छन् ।

नेपाल तामाङ घेदुङ मकवानपुरका सदस्य एवं संचार प्रवक्ता रहेका लामा, तामाङ पत्रकार संघ मकवानपुरको सस्थापक सदस्य पनि हुन् । उनि सह–सचिव, सचिव भई संघको मकवानपुर शाखा चलाएका थिए । त्यस्तै उनि फोनिज बागमती प्रदेश समितिको अनुशासन बिभागको संयोजक समेत हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार