नेपाली कांग्रेसका महासमिति सदस्य दिलमान पाख्रिनले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकाछन् । नेपाली कांग्रेस धादिङ जिल्लाको १४औं जिल्ला सम्मेलनबाट केन्द्रिय महासमिति सदस्यमा सर्वाधिक मत ल्याएका थिए ।
लोकप्रिय नेताको रुपमा स्थापित पाख्रिन धादिङ कांग्रेसको ईतिहासमा पहिलो पटक सांसद हुँदै कानून न्याय तथा संसदिय मामिला राज्यमन्त्री भएका थिए । स्थानीयतहदेखि जिल्ला हुँदै कांग्रेसको केन्द्रिय राजनीतिमा प्रभावशाली नेताका रुपमा स्थापित पाख्रिनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य(जनजाति तर्फ) का लागि उम्मेवदारी घोषणा गरिसकेका छन् ।
नेपाली कांग्रेसलाई नयाँ ढंगले सञ्चालन गर्ने, आम नागरिकमा कांग्रेसको गरिमालाई उच्च बनाउने सोचका साथ उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘महाधिवेशनमा सहभागी भएका महासमिति सदस्यहरुले मलाई अत्यधिक मतले विजय गराउनु हुने छ भन्ने विश्वास लिएको छु,’उनले भने,‘यो चुनावि अभियानमा सक्षम नेतृत्व निर्र्वाचित गराउने र सबै कांग्रेसले नयाँ नेतृत्व लिने समय हो । यसकारण महासमिति सदस्यहरुले विश्वासको मत दिनु हुने छ ।’