हङकङका नेपालीद्धारा क्यानसर पीडित शशि पाख्रिनलाई २ लाख ९ हजार सहयोग
.
मानकाजी पाख्रिन
काठमाडौं । हङकङमा बसोबास गर्ने नेपालीहरूद्धारा क्यानसर पीडित शशि पाख्रिनको उपचारका लागि २ लाख ९ हजार रुपैयाँ सहयोग गरेको छ । सिन्धुपाल्चोक मेलम्ची घर भएकी १० वर्षीय शशि विगत पाँच वर्षदेखि ब्लड क्यानर पीडित हुन् ।
शशिको हाल बाल कान्ति अस्पतालमा उपचार भइरहेको छ । आर्थीक अभावका कारण उपचारमा समस्या भएकाले शशिको बुवा तिर्थ तामाङले आर्थीक सहयोगको अपिल गरेका थिए ।
सोही अनुसार हङकङमा बसोबास गर्ने नेपालीहरुले आर्थिक संकलन गरेर सो रकम पठाएको सायरा पाख्रिनले जानकारी दिइन । सायराका अनुसार हङकङमा बसोबास गर्दै आउनु भएका समाजसेवी विष्णु पाख्रिनको पहलमा सो रकम संकलन भएको हो ।
पुर्व मन्त्री तथा सभासद शेरबहादुर तामाङ, नेपाल तामाङम घेदुङका वरिष्ठ उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, कोषाध्यक्ष रुप योन्जन,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, सायरा पाख्रिन लगाएतले पीडितका बुवा तिर्थ तामाङलाई सो रकम वितरण गरिएका हुन् ।
पुर्व मन्त्री तामाङले शशिको उपचार सहि ढंगले गर्न अनुरोध गर्दै आवश्यक सहयोग गर्ने बताएका थिए । तिर्थ पाख्रिनले रकम सहयोग गर्ने सहयोगी मनहरुप्रति धन्यवादन ज्ञापन गरेका थिए ।