- मान काजी पाख्रीन
सिन्धुपाल्चोक । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ सिन्धुपाल्चोकको आयोजनामा शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाको वडा नं–११ मेलम्ची बजारमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता पार्टीका क्षेत्रीय सभापति आइतमान तामाङ्ले गरेका थिए। सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका प्रभावशाली नेत्ता एवम् महामन्त्री डा. शशांक कोइराला, विशेष अतिथि कांग्रेसका जिल्ला सभापति बिकास लामा, अतिथिहरु पुर्व सभापति भुपेन्द्र थापा, उपसभापति शिव सुनार, सचिव बिल बहादुर तामाङ, गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिका प्रमुख बंश लाल तामाङ, प्रदेश संसद् निमा लामा, समाज सेवी राजेन्द्र मान गोर्खाली, पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दहाल, पार्टीका महासमिती सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृसंगठनहरु, लगायतको बाग्लो उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि महामन्त्री कोइरालाले आफु सभापतिको दावीदार कायम रहेको र पछि नहाट्ने बताएका थिए । आफुले पार्टीका सभापतिमा विजय भएमा गुट र उपगुटको अन्त्य गर्दै पार्टीलाई विधि र विधानको परिधि भित्र रहेर उत्कृष्ट काम गरेर देखाउने बताएका थिए । साथै प्रमुख अतिथि कोइरालाले देशमा कृषि क्षेत्रमा दक्ष जनशक्ति खाँचो रहेकोले कृषक पाठशालाको माध्यमबाट जनशक्ति उदपादन गरेर देशलाई आत्मनिर्भर आफ्नो लक्ष रहेको बताएका थिए ।
स्वागत मन्तब्य नेपाल विधार्थी संघ क्षेत्रीय अध्यक्ष दिपेश खनालले राखेका थिए भने विशेष अतिथी बिकास लामा, विल बहादुर तामाङ, भुपेन्द्र थापा, बंशलाल तामाङ, तारानाथ दहाल, राजेन्द्र मान ताल्चाभोडेल, प्रकाश गुरुङ, निमा लामा, गंगा चापागाई, लाक्ष्मि चालिसे, जमुना मोक्तान, बिकास तामाङ, अनिल कुमार तामाङ, कुमार दुलाल, लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं २ अधिकांश पार्टीलाई आस्था र माया गर्नेहरुको बाग्लो उपस्थिति रहेको थियो। सो कार्यक्रमलाई पार्टी सचिव जित थिङले संञ्चालन गरेका थियो भने सभाध्यक्ष आइतमान तामाङले कार्यक्रमलाई समापन गरेको थियो ।