याम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
सरकारको सिफारिसमा उनले साे अध्यादेश जारी गरेकी हुन् ।
मंगलबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त अध्यादेश हिजै राष्ट्रपति कार्यालयमा सिफारिश गरिएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गर्न समय लिएपछि जारी भएको थिएन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले केहीबेरमा वेबसाइटमा जारी भएको सूचना उपलब्ध हुने जानकारी फरकधारलाई दिए ।