
याम्बु । दोलखाको बैत्यश्वर नाम्दु, ६ मा बृहत नाम्दु बुद्धपार्क निर्माण हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने गरी बुद्धपार्क निर्माण प्रक्रिया अघि बढेको हो ।
यसका लागि डिपिआर तयार भइसकेको बुद्ध पार्क निर्माणका संयोजक सुबास तामाङले जानकारी दिए । स्थानीय युवाहरुको सक्रियता र बागमती प्रदेशको सहयोगान बुद्धपार्क निर्माण हुन लागेको तामाङको भनाई छ । उनका अनुसार बुद्धको मुर्ति निर्माणको लागि ८ करोड रुपैयाँ खर्च हुने छ । बृहत नाम्दु बुद्धपार्क निर्माणका लागि कुल लागत १२ करोड हुने संयोजक सुवासले बताए ।
बुद्ध पार्कमा ध्यानकेन्द्र, पार्क, गुम्बा, गुम्बामाथि बुद्धको मुर्ति सहितको भव्य आधुनिक बुद्धपार्क निर्माण हुने जनाएको छ । यस संस्थाले बुद्धपार्क निर्माण मात्रै नभएर विभिन्न सामाजिक तथा विकासका कार्यहरु समेत सञ्चालन गर्ने संयोजक सुवासको भनाई छ ।