नेपाल तामाङ घेदुङ कतारमा नयाँ नेतृत्व चयन, अध्यक्षमा इन्द्रबहादुर तामाङ

.

नेपाल तामाङ घेदुङ कतारको अध्यक्षमा इन्द्रबहादुर तामाङ चयन भएको छ । तामाङ कतार घेदुङको दोस्रो अधिवेशनले इन्द्रबहादुरलाई चयन गरिएको हो ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वाङज्यु लामा तामाङ, उपाध्यक्षहरु क्रमशः सुमन कुमार लो तामाङ, सनक बम्जन तामाङ, फुर्वा तामाङ, महिला उपाध्यक्ष कुमारी बेली तामाङ(सबिता), महासचिव विकास तामाङ, सचिव डिवि तामाङ, निमा तामाङ, कोषाध्यक्ष लक दोर्जे तामाङ, रामकुमार तितुङ तामाङ रहेका छन् ।

कार्यसमितिमा भातृ संगठनका पदेन सदस्यहरु क्रमशः हिरे तामाङ (संस्कृति बिभाग), मिन कुमारी तामाङ (महिला बिभाग ), रामबहादुर तामाङ (तम्बा बिभाग ), रुद्रप्रसाद तामाङ रोशन (लामा बिभाग), विशाल तामाङ (युवा बिभाग) चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः राजु गोले तामाङ, बुद्धि बहादुर तामाङ, टिका घिसिङ, सुर्जे बहादुर तामाङ, रोशन लोप्चन तामाङ (लामा), पुर्णमान तामाङ, सविता रुम्बा तामाङ, दावा तामाङ, अरुण योञ्जन तामाङ, भिमराज तामाङ, कान्छामान डिम्डुङ तामाङ, सन्त बहादुर तामाङ, सुन्तु तामाङ, विन्दा लामा, शुक बहादुर तामाङ, जिवन तामाङ, प्रमिला तामाङ, तप बहादुर मोक्तान, गोईजिन तामाङ, विनय तामाङ, पञ्च कुमार मोक्तान, रविन्द्र स्याङ्बो तामाङ रहेका छन् ।

रिक्त रहेका पदमा कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार