जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात, बयोधा अस्पतालमा उपचार हुँदै

.

याम्बु । जनवादी गायक जेबी टुहुरेलाई मस्तिष्कघात भएपछि अस्ताल भर्ना गरिएको छ । मंगलबार दिउँसो कलंकीस्थित घरमै अचानक बेहोस भएर लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको हो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई मस्तिष्कघात ‘स्ट्रोक’ भएको हो। टुहरेलाई क्रिटिकल केयर युनिट (सीसीयू) कक्षमा उपचार भैरहेको चिकित्सकले बताएका छन् ।

‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ जस्ता लोकप्रिय गीत गाएका कारण उनको छुटै पहिचान छ।

वि.सं. २०२४ सालदेखि प्रगतिशील साँस्कृतिक क्षेत्रमा लागेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार