पर्साका मृगौला पीडित पाख्रिनलाई एक लाख सात हजार सहयोग

.

पर्सा । पर्सागढि नगरपालिका ३ का मृगौला पीडित शनि बहादुर पाख्रिनको उपचारका लागि एक लाख सात हजार रुपैयाँ वितरण गरिएको छ । चितवन भरतपुरका शम्भुलाल पाख्रिनको नेतृत्वमा उक्त रकम संकलन गरी पिडितलाई हस्तान्तरण गरिएको हो ।

सो टिममा सङ्खे दोर्जे पाख्रीन तामाङ, श्याम लाल पाख्रीन तामाङ, पुर्ण बहादुर योन्जन तामाङ र मिना लोप्चनको संयुक्त टोलिले सो रकम जम्मा गरिएको हो ।

दुबै मिर्गौमा समस्या देखिएको र आर्थीक अवस्था कम्जोर भएको हुनाले शम्भुले आर्थिक संकलन अभियान थालेका थिए ।
सहयोग गर्ने टिमप्रति शनिसका आफन्तले कृतज्ञता ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार