सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको समाचार छ । सोमबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको उच्च स्रोतले दाबी गरेको छ ।
यस विषयमा घिसिङसँग बुझ्न खोज्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताए । ‘मैले पनि हल्ला सुनेको हो । आधिकारिक फोन र पत्र आएको छैन,’उनले संक्षिप्त कुरा गर्दै भने,‘यस विषयमा भोलिसम्म कुनै तथ्य आउँछ होला । यो विषय धेरै पनि नबोलौँ ।’
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिका लागि ठाडो निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनसँगै ऊर्जामन्त्री भुसालले निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहज बनाइदिन अनुरोध गरेकी थिइन् ।
साभार: फरकधार डटकमा