
याम्बु । नृत्य निर्देशक संघ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार भएको दोस्रो अधिवेशनबाट लामा पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।
चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षद्धयमा अर्जुन तामाङ र महेश थापा रहेका छन् । सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा लक्ष्मी पुरी, सरस्वती पोखरेल,अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् ।