पत्रकार प्रीतमकुमार तामाङमाथि भएको आक्रमणको चौतर्फि विरोध

.

काठमाडौं । जन्मभूमि पोष्टका प्रीतमकुमार तामाङमाथि हेलम्बुमा राहत वितरण तथा समाचार संकलनकालागि जाने क्रममा आक्रमण गरेपछि चौतर्फि रुपमा भत्र्सना गरिएको छ । पत्रकार तामाङ हेलम्बुका लागि राहतसहित मेलम्ची पुग्दा केही अराजक युवाहरुले हातपात गरेसँगै क्यामरामा क्षति पुर्याएको सो घटनाको चौतर्फि रुपमा भत्र्सना गरिएको हो ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखाले यस घटनाको विज्ञप्ती निकाल्दै भत्र्सना गरेका छन् ।

सोमबार हेलम्बुमा रिपोर्टिङका लागि जाँदै गर्दा मेलम्चीमा केही अराजक व्यक्तिहरूले आक्रमण गरेको पत्रकार तामाङले बताए । उनको देब्रे खुट्टामा चोट लागेको छ । क्यामेराको लेन्समा क्षति भएको र ब्याट्री लगायत अन्य सामग्री हराएको उनको भनाई छ ।

मेलम्ची बजार नपुग्दै बाटो अवरुद्ध भएको देखेपछि गाडीबाट निस्की के भएको होला भनेर भिड तर्फ जाने क्रममा सो भिडबाट एक युवक अराजक शैलीमा क्यामेरा खोसेर भुइँमा पछार्दै अन्यलाई पनि आक्रमण गराउन उत्तेजित गरेको उनले बताए ।

करिब ५० जनाको समूहले आफूमाथि आक्रमण गरेपछि ड्युटीमा खटिएका प्रहरीले जोगाउँदै क्यामेरा फिर्ता गराइ दिएको उनको भनाई छ ।
प्रेस युनियन सिन्धुपाल्चोकका जिल्ला सदस्य समेत रहेको पत्रकार तामाङ माथि भएको आक्रमणको प्रेस युनियन, सिन्धुपाल्चोकले विरोध गरेको छ । युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथि कडा कारबाहीको समेत माग गरेको छ ।

त्यस्तै नेपाल पत्रका महासंघ काठमाडौँ शाखाले पनि ध्यानाकर्षण गरेको छ । विज्ञप्तिमा लेखिएको छ,पत्रकार तामाङमाथि आक्रमण गर्ने कार्यमा संलग्न दोषी पत्ता लगाइ कडा कारबाही गर्न र आइन्दा यस्ता कार्य हुन नदिनेतर्फ सचेत रहन नेपाल पत्रकार महासङ्घ काडमाडौं शाखा प्रहरी प्रशासनसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार