तामाङ चिकित्सक समाजलाई विभिन्न देशबाट ३ लाख २ हजार आर्थिक सहयोग

.

याम्बु । तामाङ चिकित्सक समाजलाई विभिन्न मुलुकबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

संघिय तामाङ घेदुङ तथा अन्तर्राष्टिय परिषदको समन्वयमा संकलन भएको रकम सोमबार हस्तान्तरण गरिएको छ ।
तामाङ चिकित्सक समाज र घेदुङबीचको सहकार्यमा कोरोनाबाट प्रभावित घर परिवारलाई स्वास्थ्य सामाग्रीको साथै अति आवश्यकीय सामान वितरण गरिदै आएको छ ।

समाजले स्वास्थ्य परिक्षण, होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन टेस्टिङ साथै स्वास्थ्य सामग्रीहरू बितरण अभियान संचालन गरिरहेको छ । यस अभियानका लागि तामाङ समाज जापानले १ लाख ५ हजार दुई सय, तामाङ घेदुङ दक्षिण कोरियाले ८१ हजार ९२१, तामाङ घेदुङ कतारबाट ३० हजार, तामाङ घेदुङ साईप्रसबाट २५ हजार, तामाङ घेदुङ बहराईनले २० हजार, तामाङ घेदुङ मलेिसयाले १५ हजार, तामाङ समाज युएईबाट १० हजार, युएई महेश मोक्तानले १० हजार, जापान सरोज थिंङले ५ हजार गरी जम्मा ३ लाख २ हजार १२१ वितरण गरिएको छ ।

वितरण कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ,महासचिव बाबु घिसिङ,प्रवास विभाग प्रमुख तथा आइटिसिका वरिष्ठ उपाध्यक्ष टासी लामा, कोषाध्यक्ष रुप योन्जन, तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज थिङं सहभागी भएका थिए । तामाङ चिकित्सक समाजबाट सचिव डा.दिपेन लामा, सदस्य सन्जित तामाङको उपस्थिति रहेको घेदुङले जनाएको छ ।

समाजका अध्यक्ष डा दिल बहादुर थोकरले सो रकमबाट विभिन्न जिल्लाका कारोना प्रभावित घर परिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार