याम्बु । पाख्रिन तामाङ समाजका केन्द्रीय अध्यक्ष मणि लामा पाख्रिनको निधन भएको छ । कोरोनाको कारण केएमसि हस्पिटलमा उपचारत पाख्रिनको आइतबार साँझ ७ बजे निधन भएको हो ।
नेपाल तामाङ घेदुङका केन्द्रिय पुर्व उपाध्यक्ष समेत रहेको पाख्रिन कुशल राजनीतिक विशलेष्क समेत हुन् । अहिले उनको शव केएमसि हस्पिटलमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच पाख्रिन समाज केन्द्रिय कमिटिले उहाँको निधन प्रति शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ । साथै, परिवारजनमा यस दुखत घडिमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनेर प्रार्थना गरेका छन् ।