सिरि र आरम्भको सिंगापुरकी लाहुरे

.

काठमाडौं । म्हेन्दोमायाका लोकप्रिय कलाकार आरम्भ तामाङले लाहुरेको कथालाई गीतमा ल्याएको छ । आरम्भ तामाङको शब्द संगीतमा ‘सिगापुरकी लाहुरे’ को अडियो बजारमा ल्याएको हो ।

म्हेन्दोमाया संगीतमा सिंगापुरकी लाहुरे गीतलाई न्यू ट्रेनको रुपमा आरम्भ तामाङले भित्र्याएका हुन् । सो गीतमा आरम्भ र सिरि लोप्चनले स्वर दिएका छन् ।

म्हेन्दोमाया क्षेत्रका नयाँ पुस्ताको रुपमा उदाएका आरम्भले यस गीतको विषयमा लेखेका छन्,‘गीत आफैमा एउटा कथा, भाव बोकेको हुन्छ । सिंगापुरे लाहुरे छुटिमा आउँदाको क्षण गाउँ ठाउँमा म्हेन्दोमाया गाउँदै रमाइलो गर्दाको त्यो पललाई सम्झेर सानो कोसिस गरेको छु। सबैले यसमा साथ दिनुहुन्छ भन्ने पुर्ण विश्वास राखेको छु । सुनेर प्र्रतिक्रिया सल्लाह सुझाव पक्कै पनि दिनुहुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार