
याम्बु । नेपाली सेलो संगीतका प्रसिद्ध कलाकार प्रेम लोप्चनलाई सुपत्र लाभ भएको छ ।
तामाङ गीत संगितमा सेलो बादशाहका रुपमा रहेका लोप्चनकी श्रीमति सम्देन थोकर तामाङको कोखबाट बिहिबार राती प्रसुतिगृहमा सुपुत्र जन्माएका हुन् ।
उनले शुक्रबार विहान टुरिजम मिडिया नेटवर्कद्धारा सञ्चालन गरिएको याम्बु टाइम्ससँग कुराकानी गर्दै भने,‘श्रीमति सम्देन थोकरबाट छोरा जन्मिएको छ । अत्यन्तै खुसी छु। श्रीमतिको अप्रेशनमा साथ दिन सम्पूर्ण डक्टरको टोली र शुभेच्छुक प्रति कृतज्ञ छु ।’
लोप्चन सव इन्सपेक्टर, वरिष्ट कलाकार तथा गायक हुन् । उनको तामाङ गीत संगीतमा छुटै पहिचान र योग्दान रहेको छ ।