
याम्बु : नेपाल तामाङ घेदुङको नवौं सङघीय महाधिवेशन स्थगित भएको छ । यही चैत्र २७, २८ र २९ गते हुने भनिएको महाधिवेशन कारोना संक्रमणका कारण स्थगित गरिएको घेदुङद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत कोभिड संक्रमण फैलन सक्ने सम्भावना भएकाले भीडभाड,सभा, सभा सम्मेलन नगर्न निर्देशन दिएका कारण अन्तिम अवस्थामा महाधिवेशन स्थगित गरीएको घेदुङका महासचिव मोहित कुमार तामाङद्धारा जारी विज्ञप्तीमा छ ।
विज्ञप्तीमा लेखिएको छ,‘हाम्रो नियन्त्रण बाहिरको परिस्थिति सिर्जना भई तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न नसकेकोमा यसबाट देश, विदेशका सम्पुर्ण प्र्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक महानुभावहरुमा पर्न गएको असुविधाप्रति हामी अत्यन्तै दुःखी छौं ।’
साथै परिस्थिति अनकुल हुने बित्तिकै प्रशासनको अनुमति लिएर महाधिवेशन सम्पन्न गर्ने विज्ञप्तीमा उल्लेख छ ।