मेलम्चीमा तामाङ संस्कार-संस्कृति विषयमा दुई दिने गोष्ठी 

.

  • मानकाजि पाख्रिन

सिन्धुपाल्चोक । संस्कृति भनेको जीवनशैलीहरूको समग्रता हो भने संस्कार भनेको जीवनशैलीको एउटा महत्वपूर्ण पक्ष हो । विश्वास, मूल्य–मान्यता, रीतिथिति, दैनिक जीवन, भेषभूषा, खानपान, शिल्प–कला, भाषा, संस्कार, धर्म आदि सबै संस्कृतिका अभिन्न अंगहरू हुन् ।
संस्कार एउटा जनसमूहको साझा जीवन शैली भएकाले अर्को समूहको भन्दा फरक हुने गर्दछ । त्यही फरकपन नै समूह वा जातिको चिनारी (पहिचान) हो । यहि पहिचानलाई नगरपालिका भित्र एकरुपता ल्याउने उदेश्यले नेपाल आदिवासी जनजाति महासंघ मेलम्ची नगर समन्वय परिषदले गरेको आदिवासी तामाङ सांस्कृतिक परम्परा संरक्षण तथा सुधार विषेक दुईदिने नगर स्तरिय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमलाई नगर प्रमुख तथा प्रमुख अतिथी डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन पश्चात् नगर प्रमुख डम्बर अर्यालले तामाङ समुदाय लगायत सम्पूर्ण जनजातिको भाषा संस्कृति जगेर्ना गर्न नगर सदैव तयार रहेको बताए । गोष्ठीमा धर्मगुरु दावा साङ्बो लामा, नेपाल तामाङ घेदुङ केन्द्रीय भाषा साहित्य विभाग प्रमुख काजीमान थिङ तामाङले तामाङ संस्कार सांस्कृतिक तथा परम्परा सम्बन्धि प्रशिक्षण दिएर सहजीकरण गरेका थिए ।

आदिवासी जनजाति मेलम्ची समन्वय परिषदका अध्यक्ष रामभक्त दनुवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम क्षितिज तामाङले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार