
मानकाजि पाख्रिन
काठमाडौं । गायक सुवास मोक्तानले यस पटकको जन्मदिन विशेष तरिकाले मनाएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने सोचका साथ उनले यस पटकको जन्मदिन असाहय बालबालिकामाझ खुसी साट्दै मनाएको हो ।
चैत्र ७ गते शनिवार जोरपाटीस्थित हाम्रो सुनौला संसारमा रहेको असाय र अनाथ बालबालिकाहरुलाई नगत तथा खाद्यन्न सामग्री वितरण गरेर बर्थ डे मनाएका हुन् ।
सुवासले बालबालिकालाई चाउचाउ बिस्कुट लगाएतका खाद्यन्न र केहि नगद रकम बितरण गरेका थिए ।
गायक मोक्तानले जन्मदिनको नाममा गरिने फजुल खर्चभन्दा सामाजिक सेवा गर्ने उदेश्य सहित बालबालिकालाई सहयोग गरेको बताए ।
गायक मोक्तनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा संलग्न हुँदै जाने बताए ।