यी महिला अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् । सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ ।
अमेरिकाको न्युयोर्कस्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक युवती छिरिन् । आश्चर्यको कुरा त के भने उनले जोसँग रेलभित्र भेटिन् ऊ मालामाल भयो । आफूसँग भेटिएको मानिसलाई उनले चाहिने जति पैसा आफ्नो जिउबाट च्यातेर लैजान भनिन् ।
मेट्रो रेलभित्र मात्र होइन, न्युयोर्कको सडकमै पनि उनी पैसाको पहिरन लगाएर हिँडिन् । यो काममा ती महिलाका ब्वायफ्रेण्डले पनि सघाइरहे । दुबैजनाले इश्वरबाट आफूहरुलाई नाम, दाम तथा खुसी सबै प्राप्त भएको बताउँछन् । अब पालो आयो, मानिसहरुलाई सहयोग गर्ने । त्यसैले उनीहरुले गरीब तथा पैसाको निकै खाँचो भएका मानिसहरुलाई सहयोग गर्न यस्तो अनौठो उपाय अपनाएका छन् ।
तर सोसल मिडियामा उनीहरुको यो कामप्रति कतिपयले प्रश्न उठाएका छन् । आखिर ती महिलाले मात्र किन नोटको पहिरन लगाइन् र उनको ब्वायफ्रेण्डले किन यस्तो पहिरन लगाएनन् ?