
टिकालाल तामाङ
काठमाडौं । धादिङबेसीमा तेक्वान्दो छात्रा पुम्से प्रतियोगिता सम्पन्न भएको छ । धादिङ फ्यूवा फिटनेसले १११औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुम्से प्रतियोगिता भएको हो ।
प्रतियगितामा प्याट्रन–१ अन्तरगतको, १० वर्ष मुनिको विधामा एन्जल राई प्रथम, सोनु थापा मगर द्धितिय रुखा तामाङ र सान्तोना प्रसंसा सिंजाली भए ।
त्यसैगरी १० वर्ष भन्दामाथिको प्याट्रन –१ मा आराधना श्रेष्ठ प्रथम, द्धितिय सन्ध्या तामाङ र सान्तोना स्टार तामाङ र इरा श्रेष्ठ भए । प्याट्रन – ३ मा संज्ञा शर्मा प्रथम, द्धितिय रुबिना घले र सान्तोना मञ्जु घले र अन्जु घले बने । साथै प्याट्रन – ८ मा एलिसा तामाङ प्रथम, द्धितिय अञ्जना गुरुङ र सान्तोना खुस्बु तामाङ र मिरियम तामाङ भए ।
मरियम तामाङको सभाध्यक्षता भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङ प्र्रमुख अतिथि थिए ।