
मानकाजि पाख्रिन
काठमाडौं । प्रेममा आधारित तामाङ संगित जगतमा फेरी एउटा नयाँ गित “शिल्बा शिल्बा लाबा“को भिडियो सार्वजनिक भएको छ ।
आशिक लामाको शब्द, एक्का योन्जनको स्वर तथा संगित रहेको उक्त गितलाई सुमिना लो तामाङले साथ दिएकी छिन भने कार्साङ लामाले एरेन्ज र मिक्सिङ गरेका छन ।
बुद्ध लामा, एलिना लामा र बिजय लामाको मुख्य अभिनय रहेको भिडियोको निर्देशन तथा कोरियाग्राफर बिजय तामाङले गरेको छन । सो भिडियोलाई बिजय राज भुर्तेलले सम्पादन गरेका छन ।