
- मानकाजि पाख्रिन
काठमाडौं । राजधानीमा एक कार्यक्रमकाबीच ‘चनखु गाउँको झिल्के म’सार्वजनिक भएको छ । पासाङ लामा र बैरागी मोत्तानको मौलिक गीत सहितको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
सेलो सम्राट चन्द्र कुमार दोङले सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सेलो सम्राट दोङले पछिल्लो समय लोभलाग्दो र उत्कृष्ट तामाङ सेलो गीतहरु आइरहेको चर्चा गर्दै भने,‘चनखु गाउँको झिल्के म’ पनि चर्चा बटुल्न सफल हुने छ । तामाङ संगीतमा यो सुखद यात्रा हो ।’
कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबाले भने केही व्यवसायीक हिसावले बजारमा आएका गीतका कारण मौलिक गीत ओझेलमा रहेको बताए । ‘तामाङ समुदायका अग्रजहरुले समेत म्यासेज गर्नु हुन्छ,‘ उनले भने,‘ बजारमा आएका यी गीतहरु पनि तामाङ गीत हुन् । यो म्यासेजले सोच्न बाध्य भएको छु ।’
साँच्चिकै तामाङ गीतहरु तामाङ मीथकमा नै आउनु पर्ने अध्यक्ष वाईबाको भनाई थियो । तामाङ गीतको क्राइट यरिया तोक्न सकिदैन । तर, केही यस्ता गीतहरुको विषयमा आलोचना भने संस्थाले गर्ने गरेको उनको तर्क थियो । संस्था आफै बारबाही गर्ने निकाय नभएकाले सबैलाई आग्रह मात्रै गर्न सकिने र कलाकार आफै संवदेनशील हुनु पर्ने धारणा वाईबाको थियो ।
कार्यक्रममा गीतकार तथा गायक बैरागी मोत्तानले आफ्नो गीत संगीतका यात्रासँगै सो म्युजिक भिडियोका विषयमा भनाई राखेका थिए । कार्यक्रममा गीतकार कुमार स्याङबा, दोलखा मेलुङ गाउँपालिकाका वडा अध्यक्ष कुसुम लामा, हास्यकलाकार कुइसाङ रुम्बा, सशिकला मोक्तान, वविता पाख्रिन लगाएतको सहभागीता रहेको थियो ।