काठमाडौं । युवा गायक गोपाल सोनामको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी मै हराए’ शीर्षक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।
दर्शकमाझ युवा गायकको रुपमा प्रस्तुत भएका सोनामको आवाजलाई चर्चित गायीका दिपा लामाले साथ दिएका छन् ।
काठमाडौं तारेभीर घर भएका सोनामले यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक गरिसकेका छन् ।
प्रेम रोमान्टिक यादगर क्षणलाई प्रतिविम्वको रुपमा प्रस्तुत गरेका अर्को यस गीतमा पनि दर्शकले चर्चा गरेका छन् । सो गीत अम्बिका गुरुङले लेखेका हुन् । संगीत र एरेन्ज दाउथ राईले गरेका छन् । देव जंग थापाले निर्देशन गरेको भिडियोमा सोनाम र रितु लामाको रोमाञ्चक अभिनय रहेको छ ।