गायक शमशेर रुम्बाको ‘तिम्रो मायामा’ सार्वजनिक

.

काठमाडौं । युवा गायक शमशेर रुम्बाको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो मायामा’ शीर्षक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो ।

दर्शकमाझ युवा गायकको रुपमा प्रस्तुत भएका रुम्बाको आवाजलाई चर्चित गायीका मेलिना राईले साथ दिएका छन् ।

सिन्धुली घर भएका शमशेरले यसअघि पनि चर्चित गायीका अन्जु पन्तसँग ‘तिम्रो मायाको कसम’ गीतमा स्वर दिएका थिए । सो गीतको म्युजिक भिडियो सार्वजनि हुँदा नै उनको कला र गलाको दर्शकले प्रशंसा गरेका थिए ।

प्रेम रोमान्टिक यादगर क्षणलाई प्रतिविम्वको रुपमा प्रस्तुत गरेका अर्को ‘तिम्रो मायामा’ पनि दर्शकले चर्चा गरेका छन् । सो गीत विशाल निरौलाले लेखेका हुन् । संगीत र एरेन्ज समेत निरौलाले नै गरेका छन् ।

सो म्युजिक भिडियोमा दिनेश थापा र शोभा सिंह ठकुरीले रोमान्टिक अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार