
काठमाडौं । ‘बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा’ नामक पुस्तक प्रकाशन हुने भएको छ । दुईजिन् लोपोन रिन्पोछे अर्थात श्रद्धेय आचार्या लामा दावा साङबो योल्मोपाले सो पुस्तक संकलन तथा लेखन गर्नु भएको हो ।
करिव ४५५ पृष्ठ भएको उक्त धार्मिक पुस्तकमा भगवान बुद्ध, बौद्ध दर्शनको साथै अन्तराष्ट्रिय स्तरमा बुद्ध धर्मको प्रचार प्रसारको लागि मुख्य लक्ष्य लिएको ग्रन्थ प्रकाशन तथा व्यवस्थापन समितिले जनाएको छ । सो पुस्तक निःशुल्क रुपमा वितरण गर्ने समेत प्रकाशन पक्षले जनाएको छ ।
पाँचपोखरी थाङपाल १, सिन्धुपाल्चोकका आचार्यालामाद्धारा लेखिएको पुस्ततकका प्रकाशन सहयोगीमा जिपी कोइराला फाउन्डेशन अमेरिका रहेको छ ।