
काठमाडौं । क्याब्जे याङसी रिन्पोछेको जन्मोत्सव मनाईएको छ । बौद्धस्थित धर्म श्रवण तथा चिन्तन विस्तार केन्द्रमा धर्मगुरु तथा भक्तजनहरुले रिन्पोछेको जन्मोत्सव मनाएको हो ।
उक्त समारोहमा लामा गुरुहरु, मानि समूह, खेन्पोहरु सहभागी भएर पूजापाठ सहित केके काटेर क्याब्जे याङसी रिन्पोछेको जन्मोत्सव मनाएका हुन् ।
सो समारोहमा समाजसेवी श्याम तामाङ र अनिता तामाङल रिन्पोछेको लागि स्युग्ठी दान गर्नु भएको केन्द्रले जनाएको छ ।