
काठमाडौं । देशभरी चिसो बढ्दै गर्दा तामाङ गीत संगीतको माहोल भने तातिदै गएको छ ।
छेवार गीत सार्वजनिक भएको एकहप्ताभित्र नै अर्को तामाङ गीत ‘झ्याल्ला पर्दा’ आएको छ । सो गीतले तामाङ संगीत यात्रामा अर्को माहोल सृजना गरेको कलाकारहरु बताउँछन् ।
भत्तपुरमा एक कार्यक्रमकाबीच झ्याल्ला पर्दा सार्वजनिक गरेका हुन् । लोकप्रिय गायक निमा दोङ र गायिका पूजा तामाङको स्वरमा तयार भएको सो गीतमा चाँदसिंले एरेन्ज गरेका छन् ।
निमा दोङकै शब्दमा रहेका सो गीतमा कलाकार स्मारिका थिङ र प्रयास वाईबा र सागर घिसिङले रोेमान्टिक अभिनय गरेका छन्। यस म्युजिक भिडियोका निर्देशक अजय स्याङतान हुन् ।