
काठमाडौं । तामाङ सेलो संगीतको भीडमा पछिल्लो म्युजिक भिडियो हो,‘छेवार गीत’ ।
दोलखा नाम्दु घर भएका गायक सुवास तामाङको छेवार गीत सार्वजनिकसँगै उनको लोकप्रियता झन चुलिएको छ ।
यसअघि ‘नाउँ त मेरो अक्कले’ ल्याएर सेला संगीतमा नयाँ आयम थपेका गायक सुवासको छेवारले अर्को छलाङमारेको छ । उनको आवाजलाई गायिकाद्धय शसिकला मोक्तान र बबिता पाख्रिनले उत्तिकै बलियो रुपमा स्वर दिएका छन् ।
गतहप्ता छिमेकी क्याफेमा छेवार सार्वजनिक गरिएको थियो ।
विभिन्न देशमा सांगीतिक प्रस्तुती दिइसकेका सुवासको छेवार गीतले तामाङ संस्कृतिभित्रको ‘छेवार परम्परा’उठाउने प्रयास गरिएको छ ।
सुवासको आफ्नै गाउँको नाम ‘नाम्दु मिडिया’बाट सो गीत बजारमा ल्याएका हुन् । म्युजिक भिडियोमा नृत्य र कलाकारलाई बलियो रुपमा प्रस्तुत गरिए पनि छेवार साँस्कृतिक पक्ष अझै मुखरित हुन बाँकी नै देखिन्छ ।
यद्यपी, छेवार गीतको लोकप्रियता गाउँ गाउँमा छाउँदै गएको छ । यो समाचार तयार गर्दासम्म एक लाख ३० हजार दर्शकले छेवार गीतको म्युजिक भिडियो हेरीसकेका छन् ।
सो गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार प्रेम लोप्चन, लोकप्रिय नायक अमिर दोङ, कुइसाङ रुम्बा, बैरागी मोक्तान, खेम मोक्तान,मिलन थिङ, सुष्मा मोक्तान, पूर्णिमा थोकर, यङ्गी दोङ, पुष्पान्जली लोप्चन, दिपा घिसिङ र साइना तामाङ लगाएको अभिनय हेर्न सकिनेछ । छेवारमा बैरागी मोक्तानको शब्द संगीत र एरेन्ज पवनवाङ लामाले गरेका छन् ।