काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
वडाध्यक्ष प्रेम लामा भनेर चिनिने धावा वाङगेल लामाको सोमबार दिउँसो ३ बजे ललितपुरस्थित किष्ट अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
लामा मंसिर २१ गते उपचारका लागि काठमाडौं आएका थिए । उनलाई दुई दिन चाबहिलस्थित एक अस्पातलमा भर्ना गरिएको थियो।