कुशलराज मोक्तान (सेम्छ्युग्याल्पो)
………….
मेची रुदैछ आजभोलि काली रुदैछ
अझ अधिक स्नेहिलो माटो रुदैछ
वीर योद्धा सपुतहरुले आर्ज्यको मुलुक यो
सहिद रुदैछ अझ भनौं इतिहास रुदैछ
स्वाधीनतामा उपनिवेशको अदृष्ट छाप पर्दा
देशको शान रुदैछ अरे स्वाभिमान रुदैछ
उषाकालको किरणसङ्गै टल्किरहेको उच्च शिर
बिश्व इतिहासको पानाहरुमा सगरमाथा रुदैछ
के काङ्ग्रेस के कम्युनिस्ट हेरौं विविध
कालखण्ड लाग्दैछ कागजी सन्धिको
बन्धनीमा सिमा बेच्दैछ