![](https://www.yambutimes.com/wp-content/uploads/2020/12/pema-lama-nederlaynd.jpg)
काठमाडौं । नेदरल्याण्ड बसोबास गर्दै आइरहेको नेपाली तामाङहरुले ‘तामाङ समाज नेदरल्याण्ड’गठन गरेकोछ । समाजसेवी पेमा लामाको अध्यक्षतामा समाज गठन गरिएको हो ।
भर्चुवल मिटिङबाट समाजको उपाध्यक्षमा राम कुमार तामाङ, सचिब राम बहादुर तामाङ, कोषाध्यक्ष लीला लामा चयन गरिएको छ । यस्तै सदस्यहरुमा उषा लामा, लोकमान तामाङ, आयुष्मा लामा, पासांग डोल्मा तामाङ रहेका छन् ।
यस्तै सल्लाहकारमा शान्ति थोकर, रण लामा र आतिराम तामाङ रहेको समाजले जनाएको छ ।