काठमाडौं । हङकङ तामाङ घेदुङको अध्यक्षमा रमेश मोक्तान निर्वाचित भएका छन् । हङकङ घेदुङको १२औं अधिवेशनले मोक्तानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।
घेदुङको उपाध्यक्षमा भवेश घिसिङ, राज नेगि निर्वाचित भएका छन् । सचिव सुभद्र गोले, कोषाध्यक्ष निल वाईबा निर्वाचित भएका छन् भने महासचिव, सह—कोषाध्यक्ष र सदस्यहरु अर्को बैठकबाट मनोनित गर्ने घेदुङले जनाएको छ ।
हङकङमा घेदुङ स्थापना भएको २२ वर्षको यात्रामा (११औँ कार्यसमितिका) विश्व घिसिङको नेतृत्वले तामाङहरुबीच एकता, सद्भाव सहकार्यको दरिलो सन्देश दिएको थियो । यस्तै संस्थाको आर्थीक पक्षलाई पनि पारदर्शी ढंगले प्रस्तुत गरिएको घेदुङले जनाएको छ ।