- मानकाजि पाख्रिन
म सधै सम्झन्छु, मेरो बाल्यकाल अनि घरको खाना !
हामीले खाने खाना गाउँमा नै उत्पादन हुने गरिन्थ्यो !
चामललाई मात्रै मुख्य खानाको श्रोत नसम्झी, विविध कृषि उपज मकै, गहुँ, कोदो, फापर, आलु, मुला आदि स्वदेशमा उत्पादित वस्तुलाई दैनिक खानामा समाबेस गराउँथे।
आफ्ना घरपरिवारका सबैले स्थानीय तथा मौलिक खाना खुब अभिरुचि पुर्वक खान्थे । तर आज दुर्भाग्य नै भन्नु पर्छ हाम्रो आफ्नै स्थानीय, मौलिक र रैथाने खाना नै लोब हुँदै गएको छ । चामलको भात धनीको खाना हुन गएको छ भने मकै, कोदो, फापर र गहुको ढँडो गरिबको खाना सम्झेको छ।
तथापी गरिबको खाना पौष्टिक तत्वको हिसाबले धनीको भन्दा अझ उत्तम ठहरिन्छ र आडम्बर र घरानाको रबाफ देखाउन पनि बिस्तारै, खानाको नामकरण पनि बदलियो । भात भुजामा परिणत भयो, भने ढेँडो ढेँडोमै रह्यो । भुजा र ढेँडोमा ठूलो खाडल बन्यो । जहिले भुजा खाने खानदानी घराना परिवारका भन्ने बुझिन थाल्यो भने ढेँडो खाने गरिब, कंगाल र तल्लो दर्जाको रहन पुग्यो ।
यो बिडम्बनाले, बिस्तारै चामलको खपत बढ्यो र उत्पादन भने घट्नेक्रम निरन्तररह्यो । अन्तता हामी अहिले आयातित चामलमा भर पर्नु परेको छ र वार्षिक लगभग ३५ अर्ब बाहिरीएको छ । बस यहि लोभ हुन लागेको आफ्नो स्थानीय, मौलिक र रैथाने खाना प्रबर्दन गर्ने उदेश्यले तामाङहरुको बाक्लो बसोबास रहेको स्वायम्भुमा ‘तामाङ कुदाप’ स्थापन गरेको छ ।
तामाङ सेलो संगितमा छुट्टै पहिचान राख्न सफल संगीतकार तथा गायक फुल कुमार बोम्जन संचालक रहेको उक्त रेस्टुरेन्ट्मा तामाङ खानाको परिकार सहित तामाङ संस्कार संस्कृति झल्किने तस्बिरहरु पनि अबलोन गर्न सकिने छ ।
हिजो उहि जोसिला युवा व्यवसायी एवं कलाकार फुल कुमार बोम्जनसँग भलाकुसारी गर्ने अवसर जुर्यो । यहाँहरु पनि आफ्नो मौलिक झल्किने खाना र इतिहास झल्किने तस्बिरहरु अवलोकन गरी आफ्नो पहिचानलाई चिनेर राख्नु होस ।