
काठमाडौँ। गायक निमा पाख्रिनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले भर्खरै सामाजिक सञ्जालबाट ‘ओइ साइली वोल’ को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
समय सुनुवारको शव्द र संगीत रहेको सो गीतमा लोकप्रिय नायक दिलिप रायमाझीले अभिनय गरेका छन् । रायमाझीको जोडिको रुपमा अमृता तामाङको अभिनय देख्न सक्छौं । दुई पुस्ता कलाकारबीचको यो अभिनय धेरैले क्लाइमेक्सको रुपमा लिएका छन् । निमा पाख्रिन फिचर्ड रहेको छ ।
पासाङ्ग योञ्जन लामाको निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन,सुरेस घिसिङ्गको ड्रोन,सन्तोष राजबाहकको कोरीयोग्राफी र शुशिल न्यौपानेको सम्पादन रहेको छ ।